Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


पूर्वअर्थमन्त्री पौडेलविरूद्ध २१ करोडको बिगो माग दावी गर्दै मुद्दा दायर

१५० रोपनी जग्गा र ४ लाख कित्ता शेयरको स्रोत पनि खोजी

13
Shares

काठमाडाैं । सम्पति शुद्धीकरण विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध करिब २१ करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ ।

विभागले बिहीबार विशेष अदालतमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो । यहि असार ८ गते सुर्खेतबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएका पौडेलविरुद्ध विभागले बिहीबार २४औं दिनमा मुद्दा लगेको छ। विचौलिया व्यवसायी दीपक भट्टको समूहसँग शंकास्पद कारोबार देखिएपछि पौडेल पक्राउ परेका थिए ।

विभागले यसअघि विभिन्न कसुरमा मुद्दा दायर भईसकेका दीपक भट्ट र सुलभ अग्रवाल लगायत विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसैगरी सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल र उपेश बस्नेतविरुद्ध पनि पुरक मुद्दा लगिएको छ । मुद्दामा भट्टसँग ४७ करोड र शुभीसँग ३३ करोड बिगो माग दावी गरिएको हाे ।

पूर्वअर्थमन्त्री पौडेल समेत जोडिएको डेढ सय रोपनी जग्गा र चार लाख कित्ता शेयरको विषयमा पनि विभागले प्रश्न उठाएको छ ।