Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


नेपाल टेलिकमका पूर्व एमडी सुनीललाई साढे आठ वर्ष कैद


338
Shares

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई आठ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यावसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो ।

घुस दिएको आरोप लागेका व्यावसायी आनन्दलाई पनि अदालतले आठ वर्षकै कैद सजाय तोेकेको छ । त्यस्तै पौडेललाई अदालतले विशिष्ट तहमा पुगेर भ्रष्टाचार गरेको आरोपमा अर्को ६ महिनाको कैद सजाय तोकेको छ ।

घुस लिएको तीन करोड ८ लाख रुपैयाँ दामासाहीमा बाँडेर एक करोड ५४ लाख रुपैयाका दरले लिएकाले सोही बराबरको जरिवाना हुने फैसला पनि गरिएको छ । तर विगो भने तोकिएको छैन ।