Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सामसङ ग्यालेक्सी ए ट्वेन्टीसेभेन बजारमा


0
Shares

काठमाडाैं । सामसङ नेपालले ग्यालेक्सी ए ट्वेन्टीसेभेन फाइभ जी नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले एआई सुविधा, इमर्सिभ डिस्प्ले र ६ बर्षे दीर्घकालीन सपोर्ट सुविधासहित ग्यालेक्सी ए सिरिजकोे विस्तार गरेको हो ।

यसले कम मूल्यमा प्रिमियम एआई सुविधाहरु, भरपर्दो कार्यसम्पादन, भरपर्दो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोजिरहेका युवा उपभोक्ताहरुका कम्पनीको प्रतिवद्धता झल्काउने कम्पनीको भनाइ छ । सामसङ नेपालका बरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजले धेरै भन्दा धेरै ग्लालेक्सी प्रयोगकर्ताहरुबीचमा नयाँ प्रविधि पुर्याएर एआईलाई सबैको पहुँचमा ल्याउने कम्पनीको निरन्तरको प्रतिवद्धतालाई पुष्टि गर्ने उल्लेख गर्नुभयो ।

सामसङको आधारभूत क्षमताहरु उत्कृष्ट इन्टेलिजेन्सको संयोजनका साथ ग्यालेक्सी ए ट्वेन्टीसेभेन फाइभ जीले विश्वभरका प्रयोगकर्ताहरुलाई भरपर्दो दैनिक कार्यसम्पादन गर्नुका साथै एआईको द्रुत विस्तारलाई बढावा दिने कम्पनीको विश्वास छ ।

सरल रुपमा कम्पनीको २४ महिनाको ईएमआईको सुरुवातसंगै प्रविधिको पुहँच थप सहज बनाएको कम्पनीको दाबी छ । ५५ हजार देखि ७० हजार रुपैयाँ सम्मका यी फोनमा सुरुवाती भुक्तानी विना २४ महिने किस्ता सुविधासंगै पुरानो फोन साटेबापत एक्सचेन्ज बोनस र फ्रि डेटासम्मका सुविधा समेत उपलब्ध गराइएको पनि कम्पनीले जनाएको छ ।