Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गो जहाजमा २० प्रतिशत शुल्क लगाउने राष्ट्रपति ट्रम्पको प्रस्ताव फिर्ता


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै ढुवानी हुने सबै कार्गो जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव फिर्ता लिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले यो निर्णय अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः शुरु गर्नुभन्दा केही घण्टाअघि फिर्ता लिनुभएकाे हाे। राष्ट्रपति ट्रम्पले शुल्क लगाउने योजनाको सट्टा खाडीका देशहरूसँग ठूलो व्यापार तथा लगानी सम्झौता गर्ने विकल्प रोजेको बताउनुभएको बीबीसीले जनाएकाे छ । यो निर्णय अमेरिका र इरानबीच पुनः शुरु भएको हवाई आक्रमणकाबीच आएको हो ।

बढ्दो तनावका कारण हर्मुज जलमार्ग भएर हुने तेल ट्यांकरहरूको आवतजावत प्रभावित भएको छ । यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको हाे । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा २० प्रतिशत अमेरिकी शोधभर्ना शुल्कलाई विभिन्न खाडी राष्ट्रहरूले अमेरिकामा गर्ने व्यापार र लगानी सम्झौतामार्फत प्रतिस्थापन गर्ने निर्णय गरेको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग इरानबाहेक अन्य सबै जहाजहरूका लागि खुला रहेको दावी गर्नुभयाे । अमेरिकी सेनाको उपस्थितिका कारण तेल आपूर्ति निरन्तर रूपमा सहज हुने उहाँकाे जिकिर छ।