Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


उपत्यकाबाट शंकास्पद गतिविधि गरेकाे आराेपमा ६४ जना प्रहरीकाे नियन्त्रणमा


26
Shares

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौंबाट ५२, ललितपुर र भक्तपुरबाट ६/६ जनालाई नियन्त्रणमा लिएको जनाएकाे हाे। त्यसैगरी २९ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको बताएकाे छ।

प्रहरी नियन्त्रणमा रहेका सबै जनामाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको हाे ।