Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा निधन


39
Shares

काठमाडौं । आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा निधन भएको छ।

कीर्तिपुर स्थित बर्न अस्पतालमा मंगलबार बिहान २ बजे यादवको निधन भएको अस्पतालले जनाएकाे हाे । गत शुक्रबार हेलिकाेप्टरमार्फत काठमाडौैमा ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियाे ।

मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए । आफन्तले बायोलोजमिा एमएस्सी गरेका वविेक एक वर्षदेखि मानसकि तनावमा रहेकाे बताएका छन् । उनले रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे । विद्यालय प्रशासनले उनको ठाउँमा अर्का एक जनालाई नियुक्त गर्‍यो ।

सोही कारण मण्डल विगत एक वर्षदेखि बेरोजगार भएर बसेका थिए ।