काठमाडाैं। गोरखामा समयमै मनसुन सक्रिय भएपछि धान रोपाइँले गति लिएको छ।
कृषि विकास कार्यालयले हालसम्म गोरखामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाएकाे हाे। यस वर्ष जिल्लामा १० हजार ५ सय हेक्टर क्षेत्रफलमा बर्खे धान रोप्ने लक्ष्य रहेकाे छ। गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।
मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने कार्यालयले जनाएकाे छ। कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको हाे । समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्न सक्ने कृषि प्राविधिकको अनुमान छ ।
जिल्लाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन् । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धानखेती नहुने कार्यालयले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्