सुर्खेत । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबनस्थित माथिल्लो काभ्रे खोला क्षेत्रमा घट्टमा गएका दुईजनाको पहिरोमा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घट्टमा अन्न पिस्न गएका बेला माथिबाट अचानक आएको पहिरोमा परी सोही वडाका लाल सावद र मन्दिर सावदको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा अहिले स्थानीयबासी र प्रहरी पुगिसकेका छन् । थप विवरण आउन भने बाँकी छ ।









प्रतिक्रिया दिनुहोस्