Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


देशमा बढ्दो निराशा, आत्मदाह र सुकुम्बासीको दयनीय अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्छ: उपसभापति शर्मा


13
Shares

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा बढ्दो निराशा, आत्मदाहका घटना र सुकुम्बासीको दयनीय अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभएकाे छ।

उपसभापति शर्माले साेमबार सामाजिक सञ्जालमार्फत एक भिडियाे सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले यो विषयलाई सत्ता–प्रतिपक्षको राजनीति नभई समाजमा आशा जगाउने प्रश्नका रूपमा लिन समेत सरकारलाई आग्रह गर्नुभएकाे छ।

मुगुकाे एउटा विकट गाउँबाट आएका गणेश नेपालीले काठमाडौंमा आत्मदाह गर्नुपरेकोदेखि कीर्तिपुरको होल्डिङ सेन्टरमा साना बालबालिका भोकले तडपिरहेको अवस्थासम्मका विषयमा सरकार गम्भीर बन्नुपर्नेमा उपसभापति शर्माले जाेड दिनुभयाे ।