Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


विमानस्थलभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा


260
Shares

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलभित्र पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। निषेधित क्षेत्रभित्र कुनै पनि प्रकारको सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले प्रहरीले हस्तक्षेप गरेको उनले बताए।

प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर आवश्यक समन्वयपछि भक्तपुरस्थित उनको निवाससम्म पुर्‍याएको जनाएको छ। उनीविरुद्ध कुनै नयाँ मुद्दा दर्ता नगरिएको र सुरक्षा तथा कानुनी व्यवस्थाको पालन गराउने उद्देश्यले उक्त कदम चालिएको प्रहरीले स्पष्ट पारेको छ।

यस घटनापछि विमानस्थल क्षेत्रमा केहीबेर सुरक्षा सतर्कता बढाइएको थियो। प्रहरीले निषेधित क्षेत्रभित्र अनुमति बिना कुनै पनि सभा, प्रदर्शन वा पत्रकार सम्मेलन गर्न नपाइने व्यवस्था रहेको पुनः स्मरण गराएको छ।