काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पतिभएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रश्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।









प्रतिक्रिया दिनुहोस्