Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आर्थिक अनुशासन र पारदर्शीतालाई कडाईका साथ पालना गर्ने सशस्त्र प्रहरीकाे चेतावनी


13
Shares

काठमडाैं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शीतालाई कडाईका साथ पालना गर्ने नीति लिएको छ।

संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको मर्म र आर्थिक अनुशासन विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्मम ढंगले कारवाही गरिने चेतावनी दिनुभएकाे हाे । उहाँले कानून बमोजिम सजायको भागिदार हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

हालै नेपाल एपीएफ स्कूल कीर्तिपुरमा भएको आर्थिक अनिमियताकाे बारेमा प्रधान कार्यालयले कडा रुपमा प्रस्तुत भएको हो । सोही अनिमियताकाे बारेमा नेपाल एपीएफ स्कूल कीर्तिपुरबाट सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी कोष आउनुपर्ने रकम नआएको थाहा पाएपछि प्रधान कार्यालयले तत्कालै आर्थिक अनिमियतता गर्ने कर्मचारीमाथि छानविन शुरु गरेको थियो ।

प्रधान कार्यालयले उक्त छानविन प्रकरणमा आर्थिक अनिमियतता भएको आशंका भएपछि सोही अनिमियतबारे थप अनुसन्धान लागि नेपाल प्रहरीलाई अनुरोध गरेको हो । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङलाई समेत गत वैशाख २० गतेदेखि लागू हुने गरी पहिलो पटक ७ दिनको म्याद थप भई अनुसन्धान गर्ने कार्य भइरहेको छ।

नेपाल एपीएफ स्कुलको यस विषयमा सूचना प्राप्त तथा आशंका हुनासाथ सशस्त्र प्रहरी बल नेपालकै सक्रियता र पहलतामा उक्त छानविन अनुसन्धान प्रक्रिया अगाडि बढाईएको थियो। पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले संगठनभित्रको आर्थिक अनुशासन पारदर्शीता कायम गर्न शून्य सहनशिलताको नीति समेत अवलम्वन गरेको छ ।