काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले मंगलबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको हाे । विभागले जारी गरेकाे सूचनामा बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरेको जनाएको छ । यसअघि विभागले पूर्वसभापति देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पनि बयानका लागि बोलाइसकेको थियो। उनीहरूले विभागलाई साउन मसान्तभित्र उपस्थित हुने जानकारी गराएका छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान जारी रहेकाले आवश्यक प्रक्रिया अनुसार सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ भइरहेको विभागले जनाएको हाे। अनुसन्धान कुन विषयसँग सम्बन्धित हो भन्ने बारेमा विभागले भने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।










प्रतिक्रिया दिनुहोस्