एजेन्सी । हिजबुल्लाहले युद्धविराम सम्झौताको बारम्बार इजरायलले उल्लङ्घन गरेको आरोप लगाएकाे छ ।
हिजबुल्लाहले त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको जनाएकाे हाे । हिजबुल्लाहले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानको नाबाटीह र मेफादुन क्षेत्रमा रहेका आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको तथा फ्रोन गाउँमा ड्रोन आक्रमण गरिएको दावी गरेको छ।
जारी विज्ञप्तिमा इजरायली सेनाले तैयबेह, हद्दाथा र मजदल जुन क्षेत्रमा आवासीय भवन भत्काएको, बुर्ज कलाउइयेह र बाराचितमा नागरिक बसोबास क्षेत्र नजिक स्टन ग्रेनेड खसालेको तथा नाबाटीह अल–फौका र कफर तेब्नित गाउँमा शङ्कास्पद वस्तु छोडेको आरोप समेत लगाइएको छ।
लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले आइतबार इजरायली युद्धक विमानले नाबाटीह र मेफादुन क्षेत्रमा हवाई आक्रमण गरेकाे जनाएकाे हाे । साथै, इजरायली सेनाले मजदल जुन क्षेत्रमा सुरुङ विस्फोट गराएको र सीमावर्ती सहर खियाममा भारी मेसिनगनबाट गोली प्रहार गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बुर्ज कलाउइयेह क्षेत्रमा इजरायली स्टन ग्रेनेड खस्दा दुई जना सर्वसाधारण घाइते जनाएकाे हाे ।
यसअघि लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा भएको पाँचौँ चरणको प्रत्यक्ष वार्तापछि यहि जुन २६ तारिखमा वाशिङ्टनमा युद्धविराम सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। हिजबुल्लाहले पछिल्ला घटनालाई उक्त सम्झौताको उल्लङ्घन भएको दावी गरेको छ।









प्रतिक्रिया दिनुहोस्