Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ्यो

तेल ० दशमलव ८ प्रतिशतले बढेर ७२ दशमलव ५७ डलर पुग्याे

26
Shares

एजेन्सी। अमेरिका र इरानबीच भएको आक्रमण र प्रत्याक्रमणका कारण तेल बजारमा फेरि अस्थिरता देखिएको छ।

पश्चिम एशियामा बढेको तनावले दुई देशबीच भएको अन्तरिम शान्ति सम्झौताको कमजोरीलाई उजागर गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो। यो तनावका कारण स्ट्रेट अफ हर्मुज भएर हुने इन्धन ढुवानी पुनः सुस्त भएको छ। सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ५८ सेन्ट अर्थात् ० दशमलव ८ प्रतिशतले बढेर ७२ दशमलव५७ डलर पुगेको हाे ।

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) क्रुडको मूल्य प्रतिब्यारेल ८८ सेन्ट अर्थात् १ दशमलव ३ प्रतिशतले बढेर ७० दशमलव ११ डलर पुगेको छ। आईएनजीका विश्लेषकहरूले तेल बजारमा अझै पनि धेरै जोखिमहरू कायमै रहेकाे बताएका हुन्। गत फेब्रुअरीको अन्त्यमा इरानमाथि शुरु भएको अमेरिका–इजरायल युद्धपछि गत हप्ता सोही क्षेत्रबाट तेल ढुवानी उच्च विन्दुमा पुगेको थियो ।

जसका कारण ब्रेन्ट क्रुडको मूल्यमा १० दशमलव ६ फ्रतशितको गरिावट आएको हाे । तर, गत बिहीबारदेखि हर्मुज जलमार्गमा कतारसँग जोडिएको तेल ट्यांकरसहित अन्य जहाजहरूमाथि पुनः आक्रमण भएपछि ढुवानी प्रक्रिया फेरि सुस्त भएको छ।