एजेन्सी । पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इशाक दार र इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीबीच शनिबार टेलिफोन संवाद भएको छ ।
सोही क्रममा पाकिस्तानले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरमा दिगो शान्ति र स्थिरता कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको हाे । पाकिस्तानी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीचको कुराकानीमा क्षेत्रीय सुरक्षा र आपसी हितका विषयमा छलफल भएको जनाएकाे छ।
संवादका क्रममा मन्त्री दारले क्षेत्रीय शान्तिका लागि पाकिस्तान सधैं तत्पर रहेको र यसका लागि आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । पाकिस्तानले पछिल्लो समय छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउँदै क्षेत्रमा अमनचयन कायम गर्न सक्रियता देखाउँदै आएको छ ।
मन्त्रालयले यस टेलिफोन वार्तालाई सोही प्रयासको एक कडीका रूपमा उल्लेख गरेको हाे।









प्रतिक्रिया दिनुहोस्