काठमाडौं । गायक अजय आरएन र शान्ति श्री परियारको स्वरमा रहेको नयाँ नेपाली लोक–आधुनिक गीत ‘पिर दियौ’ सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ।
प्रेम, बिछोड र भावनात्मक पीडाको कथामा आधारित गीतको म्युजिक भिडियोमा अजय आर्यन, नारायणी खत्री र गोबिन्द पहाडीको अभिनय रहेको छ भने निर्देशन कुशल नेपालीले गरेका छन्।
ग्रामीण परिवेश, आकर्षक छायांकन र भावपूर्ण प्रस्तुतीकरणका कारण गीतले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्