Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


जर्जियाको संसदमा सांसदहरुबीच कुटाकुट


234
Shares

एजेन्सी । जर्जियाको सांसदमा झडप भएको छ । शुक्रवार सत्तारुढ जर्जियन ड्रीम पार्टी र जर्जियाका विपक्षी दलका सांसदहरू वसन्त सत्रको अन्तिम पूर्ण बैठक चल्दैगर्दा झडपमा उत्रिएका हुन् ।

प्रधानमन्त्री इराक्ली कोबाखिदजेले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि सांसदहरुबीच हात हालाहालको स्थिती बनेको थियो । विपक्षी दल जर्जिया पार्टीका सांसद जियोर्गी शारशिदजेले अजरबैजानका राष्ट्रपति इलहम अलिएभको भर्खरको जर्जिया भ्रमणको क्रममा कोबाखिद्जेको कथित भूमिकाको बारेमा टिप्पणी गरेपछि प्रश्नोत्तरको सत्रमा मुठभेड भएको हो ।


विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमममा सार्वजनिक भएका भिडियो फुटेजहरुमा सांसदहरुबीच मुक्का प्रहार भईरहेको स्पष्ट देखिन्छ । संसदमै झडप भएपछि त्यहाँको संसदीय सुरक्षाले विपक्षी सांसदहरूलाई पूर्ण कक्षबाट हटाएको थियो ।