Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ


4.1k
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान विराटनगर–१० स्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङको टोली शनिबार बिहान गिरीको घरमा खानतलासी गर्न पुगेको थियो। सोही क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो।

गिरी यसअघि अपहरणसम्बन्धी मुद्दामा कैद भुक्तान गरी रिहा भइसकेका थिए। रिहाइपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।

Skip This