काठमाडाैं । राष्ट्रिय स्वतान्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरीप्रति लज्जित भएको बताउनुभएकाे छ ।
बिहीबार पार्टीको महाविधेशनमा भएको पहिलो चरणको मतदानका बारेमा जानकारी दिने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । पत्रकारहरूसँग बाेल्दै प्रवक्ता झाले मतदानमा ६० प्रतिशत मत खसेकाे जानकारी दिनुभयाे ।
‘व्यवस्थापकीय कमजोरी र विलम्बको बाबजुद पनि तपाईं धैर्यता राखेर बसिदिनुभयो आभारी छौँ । व्यवस्थापकीय कमजोरी प्रति लज्जित छौँ,’ उनले भने, ‘धेरै मान्छे गइसक्नुभयो होला भनेर तर्सेका थियौँ । जति उपस्थिति र सहभागिता रहेको छ । त्यो सन्तोषजनक रहेको छ ।’ झाका अनुसार दोस्रो चरणको मतदान ४ बजेबाट सुरु गर्ने र एक जना मतदातलाई मत दिन ४ देखि ५ मिनेट लाग्नेछ ।









प्रतिक्रिया दिनुहोस्