Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


नल सुकेपछि पानीको हाहाकार (भिडियो रिपोर्ट)


0
Shares

विराज रोस्यारा, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको ग्रामीण क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि स्थानीयवासी समस्यामा परेका छन् ।

चुरे क्षेत्र झडानीसंगै तराईमा जमिनमुनि पानीको सतह सुक्दा बैशाखदेखि खानेपानीको चरम समस्या सुरु भएको हो । पानीको चरम अभाव भएपछि धनगढी उपमहानगरपालिकाले टयांकरबाट पानी बितरण गर्न थालेको हो ।

चुरे र भावर क्षेत्र व्यापक फडानी बढेसंगै तराईका जिल्ला कैलाली कन्चनपुरमा पानीका स्रोतहरू सुक्दै जान थालेका छन् । चर्को गर्मी र खडेरीका कारण पानीका स्रोतहरू सुक्दै गएपछि स्थानीयहरू पिउने पानीदेखि सरसफाइका लागि आवश्यक पानी जुटाउन समेत संघर्ष गरिरहनुपरेको छ ।

तराईका जिल्लामा चैत, वैशाख, जेठ र असार महिनामा लामो समयसम्म वर्षा नहुँदा खानेपानीको समस्या उत्पन्न हुने गरेको छ । खडेरीका कारण धनगढीका जाली, फुलबारीको स्याउले, जुगेडा लगाएका क्षेत्रमा हातेपम्पबाट पानी आउनै छाडेको स्थानियको भनाई छ । मुहान सुक्न थालेपछि खानेपानी, बस्तुभाउलाई पानी खुवाउने र धानको बीउका लागि पानीको जोहो गर्न समस्या भएको स्थानिय भनाई छ ।