Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


खेलाडीद्वय उमेश मास्के र सन्दीप लामिछाने ‘एससीएसएमएफ स्पोर्ट्स अवार्डबाट सम्मानित


117
Shares

काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले ‘SCSMF Sports Award 2026’ अन्तर्गत नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेलाई सम्मान गरेको छ।

काठमाडौंको होटल रोयल सिंगीमा मंगलबार आयोजित कार्यक्रममा दुवै खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगदसहित कदरपत्र प्रदान गरिएको थियो।

मास्केलाई नेपाली बक्सिङको विकासमा पुर्‍याएको दीर्घ योगदानका लागि तथा लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिष्ठा उँचो बनाएको योगदान र हालै कायम गरेको विश्व कीर्तिमानको कदरस्वरूप सम्मान गरिएको फाउण्डेसनले जनाएको छ।

विदेशमा रहेका कारण कार्यक्रममा उपस्थित हुन नसकेका लामिछानेको तर्फबाट काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय खेलाडी किरण श.ज.ब. राणाले सम्मान ग्रहण गर्नुभएकाे थियाे ।

Skip This