काठमाडाैं । नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको आपत्ति जनाएको छ ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रतिनिधि सभा सदंसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिनुभयो ।
उहाँले पौडेलको पक्राउ गैरन्यायिक र विधिको शासनविपरित रहेको निष्कर्ष समेत पार्टीले निकालेको बताउनु भयो । उहाँकाअनुसार बैठकले उपाध्यक्ष पौडेलललाई तत्काल रिहा गर्न माग गरेको छ ।
उहाँले भन्नुभयो, ‘हिजोमात्रै सुर्खेतबाट गैरराजनीतिक, गैरन्यायिक र प्रतिशोधपूर्ण ढंगले प्रक्राउ पर्नुभएका नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जसरी अपमानपूर्ण ढंगले प्रक्राउ गरियो, उहाँसँग पिएसओ छ, उहाँ राज्यको सम्पर्क र खबरमा हुनुहुन्छ । आज काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यो कुरा थाहा भई भई राज्यले दुःख दिने हिसाबले रातारात सार्वजनिक यातायातको माध्यमबाट जसरी काठमाडौं ल्याउने काम गरियो, यो गैरन्याकि र गैरकानूनी छ । यो कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ । यो पक्राउको एमाले संसदीय दलले घोर विरोध र भत्र्सना गरेको छ । बिनासर्त अविलम्ब रिहाईको माग पनि गरेको छ ।’
महरले बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलील सम्बोधन गरेको पनि बताउनु भयो । उहाँले बैठकले अध्यक्ष ओलीलाई धन्यावाद ज्ञापनसहितका विभिन्न ७ वटा प्रश्ताव पारित गरेको पनि जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्