Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


रास्वपा महाधिवेशनमा ज्ञवालीमाथिकाे ‘हुटिङ’प्रति पोखरेलको आपत्ति


5.6k
Shares

बुटवल । काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहमा पार्टीका पूर्वउपमहासचिव प्रदीप ज्ञवाली बोलिरहेका बेला गरिएको ‘हुटिङ’प्रति आपत्ति जनाउनुभएकाे छ ।

ज्ञवालीको शुभकामना मन्तव्य राजनीतिक र शालीन भएको उहाँले उल्लेख गर्नुभयाे । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, “रास्वापाको महाधिवेशनमा पार्टीका तर्फबाट प्रदीपजीले दिनुभएको मन्तव्य पूर्णतः राजनीतिक र शालीन थियो, त्यसमा हुटिङ किन ?’

आइतबार (असार ७) चितवनको भरतपुरमा रास्वपा महाधिवेशन उद्घाटन समारोहमा ज्ञवालीले सम्बोधन गर्ने क्रममा हुटिङ गरिएको थियो । रास्वपाको निमन्त्रणाअनुसार पार्टीको प्रतिनिधित्व गर्दै ज्ञवाली समारोहमा सहभागी भएका हुनुहन्नथियाे ।