Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


रास्वपाकाे महाधिवेशनस्थल जलमग्न

मोटरको सहायताले पानी तान्ने प्रयास हुँदै

13
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन शुरु हुन लाग्दा महाधिवेशनस्थल जलमग्न- हिलाम्ये भएकाे छ ।

चितवनको औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गरिएको महाधिवेशनको मुख्य क्षेत्र नै वर्षाका कारण पानीले भरिएपछि व्यवस्थापनमा सास्ती भएको हाे । अधिवेशनस्थलमा पानी जमेर अशान्त बनेपछि आयोजकले मोटरको सहायताले पानी तान्ने प्रयास गरिरहेकाे जनाएकाे छ।

पानी परिरहेकाले भुइँ हिलाम्ये हुनुका साथै प्रतिनिधि तथा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या उत्पन्न भएको हाे । उद्घाटन सत्रको समय नजिकिँदै गर्दा प्राविधिक तथा स्वयम्सेवकहरू मैदानमा जमेको पानी फाल्न र हिलो व्यवस्थापन गर्न व्यस्त देखिएका छन् ।