काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन्।
चितवनमा आइतबार हुने महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्न नेकपाले पुनलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरेको हो।
रास्वपाले भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना हुने उद्घाटन समारोहमा सहभागी हुन नेकपाका संयोजक
पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरेको थियो।
‘प्रचण्ड’ काे स्वास्थ्य पूर्ण रूपमा सामान्य नभइसकेकाले प्रचण्डको सट्टा नेता पुन सहभागी हुने भएका हुन्।
प्रचण्ड निमोनिया र ज्वरोका कारण करिब १० दिन अस्पतालमा उपचारपछि जेठ १८ गते डिस्चार्ज भएका थिए। डिस्चार्जपछि उनी पहिलोपटक शुक्रबार कोटेश्वरस्थित नेकपा मुख्यालय पेरिसडाँडामा आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए।
नेता पुनले आफू आइतबार बिहानै चितवन पुगेर रास्वपा महाधिवेशनमा शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको जानकारी दिएका छन्।









प्रतिक्रिया दिनुहोस्