बिराज रोस्यारा, कैलाली ।
बारम्बार सिमा विवादको चर्चा भैरहने सुदुरपश्चिम प्रदेशमा नेपाल र भारतका अधिकारीहरू सीमा स्तम्भको संरक्षण, मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा एकमत भएका छन् ।
संयुक्त टोलीको कामलाई अझ प्रभावकारी र तीव्र रूपमा अघि बढाउने सहमति समेत भएको छ । नेपाल र भारतको सिमानाका बिषयमा चर्चामा रहने दार्चुलाको कालापानी, लिम्पयाधुरादेखि कञ्चनपुरको बेलौरी लगायतका क्षेत्र सुदुरपश्चिममै पर्छन । सिमा विवादले काठमाण्डौ तातिरहेको बेला कञ्चनपुरको महेन्द्रनगरमा भएको ‘नेपाल–भारत संयुक्त सीमा सर्वे फिल्ड टोली नम्बर–४ को बैठकले सीमा स्तम्भहरूको संरक्षण, मर्मत तथा पुनर्निर्माण कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने सहमति गरेको हो ।
दुई देशका टोलीले पछिल्लो समय ११ सीमा स्तम्भ पुनर्निर्माण, ५२ वटा मर्मत र ४०२ वटालाई निरीक्षण गरिसकेका छन् । निरीक्षण गरिएका अधिकांश सीमा स्तम्भ जीर्ण अवस्थामा रहेकाले आगामी दिनमा थप मर्मत तथा पुनर्निर्माण आवश्यक रहेको पनि निष्कर्ष निकालिएको छ ।









प्रतिक्रिया दिनुहोस्