Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


नेप्से परिसुचकसँगै कारोवार रकम पनि घट्यो


130
Shares

काठमाडौं ।
शेयर बजार ओरालो लाग्ने क्रम आज पनि निरन्तर रह्यो ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ६ अंकले घटेर २७ सय ७ को विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ उप समूह मध्ये आज व्यापार र सामूहिक लगानी कोष मात्र हरियो रहे भने अरु सवै उपसमूह ओरालो लागे ।

८० वटा कम्पनीको मात्र शेयर मूल्य बढेको बजारमा १ सय वटा ७७ कम्पनीको शेयर मूल्य घटेको छ । केहि दिन अघि मात्र आइपीओ सूचिकृत भएका सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सयपत्री हाइड्रो पावर र युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका लगानी कर्ताले ४ प्रतिशत बढीले गुमाएका छन् ।

आज पनि कारोबार रकमका आधारमा आँखुखोला जलविद्युतको सर्वाधिक करिब ३२ करोडको शेयर किनबेच भएको छ । दिनभरमा ३ सय ५५ वटा स्टकको १ करोड बढी कित्ता शेयर ४ अर्ब ४७ लाख बढीमा कारोबार भएको छ ।