Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सरकारकाे पूँजीगत खर्च ३० प्रतिशत मात्रै

चालु आर्थिक वर्ष सकिन जम्मा एक महिना मात्रै बाँकी

0
Shares

काठमाडाैं । सरकारले पूँजी निर्माणको लागि गर्ने खर्च यो वर्ष अत्यन्तै न्यून देखिएको छ।

सरकारले चालु आर्थिक वर्ष सकिन जम्मा एक महिना बाँकी रहॅंदा ३० प्रतिशत मात्रै पूँजी खर्च गरेको हाे। सरकारले चालु आर्थिक वर्षको लागि ४ खर्ब ७ अर्ब रूपैयाँ मात्रै पूँजीगत खर्च छुट्याएको थियो। गत जेठ अन्तिमसम्मको अवधिमा एक खर्ब ३२ अर्ब रूपैयाँ मात्रै पूँजीगत खर्च भएको छ।

गत वर्ष ३ खर्ब ५२ अर्बको बजेटमा यो समयमा एक खर्ब ४३ अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिइएको भने पनि खर्च भने बढ्न सकेको छैन। विकास निर्माणको काम द्रुत गराउन भन्दा अहिले भौतिक मन्त्री निरन्तर फिल्ड अनुगमनमा देखिएका छन्।

तर, सरकारकै कारण काम गर्न नसकेको निर्माण व्यवसायीहरूले गुनासो गरिरहेका छन्।