एजेन्सी । भारतको आसामको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को–पाइलट घाइते भएका छन् । ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।
यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गरिने दुई इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान, आसामको राजधानी दिसपुरबाट लगभग २९८ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको आइएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
दुर्घटना पछि, वरिष्ठ आइएएफ अधिकारीहरू उद्धार र उद्धार अधिकारीहरुको समन्वयमा घटनास्थलमा उद्धार आगो नियन्त्रण गरेको बताइएको छ । दुर्घटनाको कारण आल सम्म पत्ता नलागेको जनाउदै आइएएफले अनुसन्धानको लागि निर्देशन दिइ सकेको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्