Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


208
Shares

काठमाडाैं । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गएराति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयाे।

ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको उहाँको भनाइ छ । चालकको शव दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको प्रहरी निरीक्षक मानन्धरले बताउनुभयाे ।

Skip This