काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभाभित्र अब प्रधानमन्त्री नखोज्ने बताउनुभएकाे छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सीमा जस्तो गम्भीर विषयमा बोलेको अभिव्यक्तिबारे जवाफ माग्दासमेत उपस्थित नभएपछि अब प्रधानमन्त्री बालेन्द्र शाहलाई नखाेज्ने बताउनुभएकाे हाे ।
संसद्मा जनतासँग जोडिएका कैयौं विषयहरु थाँती रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभामा अब प्रधानमन्त्रीको खोजीलाई छाडेर बजेटसहितका विषयमा छलफल अघि बढाउन अपिल गर्नुभयाे।
नेता आङदेम्बेले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुलाई क्षमायाचनासहित सच्चिएर अघि बढ्न अपिल गर्नुभएकाे छ ।










प्रतिक्रिया दिनुहोस्