काठमाडाैं । अमेरिकाले फिफा विश्वकप फुटबल २०२६ मा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका ओमार अब्दुल्कादिर अर्टानलाई प्रवेश अनुमति दिन अस्वीकार गरेको छ ।
अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका अर्टान प्रतियोगिताबाट बाहिरिएका हुन् । उनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएका छन् ।अर्टान सन् २०१८ देखि फिफा रेफ्री रहेका छन् । अर्टान सन् २०२५ मा अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए ।
अमेरिका प्रवेश अनुमति नपाएपछि अर्टानको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको हाे । अहिले अर्टान टर्कीमा रहेका छन् । आर्टनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्ने बारेमा विवरण सार्वजनिक भएको छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको ‘यात्रा प्रतिबन्ध’ मा पर्ने देशहरूमा सोमालिया पनि छ ।
२३औँ संस्करणको फिफा विश्वकप यहि जेठ २८ गते बिहीबार रातिदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्