Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


शहीद परिवार र घाइतेहरूको हकहितका लागि मधेस प्रदेश संसद भवन अगाडि प्रदर्शन


130
Shares

काठमाडौं । मधेस आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको हक, अधिकार र सम्मान सुनिश्चित गर्नुपर्ने माग गर्दै मधेस प्रदेशको संसद भवन अगाडि प्रदर्शन गरेका छन् ।

मंगलवार दिउँसो मधेसी शहीद एवं घाइते हकहित संघर्ष समिति’ले जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो । समितिले शहीद परिवार र आन्दोलनका क्रममा घाइते भएकाहरूलाई राज्यले उचित सम्मान दिनुपर्ने तथा उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको पूर्ण प्रत्याभूति गर्नुपर्ने माग अघि सारेको छ ।

शहीद तथा घाइतेहरूको हित संरक्षणका लागि छुट्टै ऐन–कानून निर्माण गरी ‘मधेसी शहीद प्रतिष्ठान’लाई स्वायत्त संस्थाको रूपमा सञ्चालन गर्नुपर्ने शहीद परिवारका सदस्यहरूको मुख्य माग रहेको छ ।

समितिले शहीद परिवार र घाइतेहरूको जीवनयापन सहज बनाउन राज्यले भरणपोषण भत्ता लागू गर्नुपर्ने विषयमा समेत जोड दिएको छ । समितिले संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै शहीद र घाइतेहरूको सम्मान तथा अधिकार सुनिश्चित हुनेगरी ठोस नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको छ ।