Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित


195
Shares

रुकुम पश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन् । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उहाँ जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

उन ४२ मत सहित निर्वाचित हुनुभयो भने चन्दले ३० मत प्राप्त गरेका छन् । कुल १ सय १३ जना मतदाता रहेकामा ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ । उप सभापतिमा रिमप्रसाद शर्मा निर्वाचित भएका छन् । उनले ३२ मत प्राप्त गर्नुभएको छ । उनका प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २०, ठकेन्द्र गिरी रविले १४ र घमन्डबहादुर चन्द शिखरले ५ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाममा उल्लेख छ ।

सचिवमा दीपेन्द्रराज विष्ट लोकप्रिय मतका साथ विजयी भएका हुन् । उनले सर्वाधिक ५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नवराज मल्ले १४ मत प्राप्त गरे । सह सचिवमा २७ मत सहित प्रेम बाँठा मगर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सशे खत्री सरोज र पदम ददेलले २३र२३ मत प्राप्त गरेका छन् ।

५ जना सदस्यका लागि भएको प्रतिस्पर्धामा नीरज गिरी ४२ मत, यामराज डाँगी ३४ मत, लाकबहादुर गिरी ३३ मत, विनोद बटाला ३३ मत र रमेश गिरी ३१ मत ल्याएर विजयी भएका छन् । सदस्यमा कृष्णबहादुर ओली, पलबहादुर खड्का र टोपबहादुर थापा पराजित भएका थिए ।

त्यस्तै सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित भएकी छन् भने पदम ददेललाई जिल्ला सदस्यमा मनोनीत गरिएको रास्वपाले जनाएको छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ शपथ खुवाएका । साथै नव निर्वाचितहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष खड्काले जिल्लामा पार्टीलाई थप बलियो बनाउँदै पहिलो पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दा आन्तरिक प्रतिस्पर्धा भएको र अब सबै मिलेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउँदै उनले सबै नेता तथा कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह समेत गरेका छन् । आन्तरिक लोकतन्त्रले पार्टीलाई थप बलियो बनाउने उहाँले विश्वास व्यक्त गरे । अब रुकुममा रास्वपाको नयाँ यात्राको थालनी भएको उनको भनाई छ ।