Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


डीएसपी लक्ष्मी खनालमाथि विभागीय कारबाही सिफारिस


2k
Shares

काठमाडाैं । कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा तत्कालीन कोहलपुर इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी लक्ष्मी खनालमाथि विभागीय कारबाही सिफारिस गरिएकाे छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको छानबिनले प्रहरीको कमजोरीका कारण सिंहको मृत्यु भएको निष्कर्ष निकालेपछि खनालसहित हिरासत कक्षमा खटिएका प्रहरीविरुद्ध कारबाही सिफारिस गरिएको हो।

एसएसपी सन्तोष राठौर नेतृत्वको समितिले तयार गरेको प्रतिवेदन प्रहरी प्रधान कार्यालय पठाइसकेको छ र कानुन शाखाले कारबाही प्रक्रिया अघि बढाएको छ।

ज्यान मार्ने मुद्दामा पक्राउ परेका सिंहको हिरासतमा परेको तीन दिनमै उपचारका क्रममा मृत्यु भएको थियो। परिवारले हिरासतमा भएको यातनाका कारण मृत्यु भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । विवादपछि डीएसपी खनाललाई गत असोजमै कोहलपुरबाट सरुवा गरिएको थियो।

Skip This