Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


रास्वपा दाङ सभापतिमा किरण खनाल निर्वाचित


143
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गरेका छन्।

सचिवमा असीम भुसाल निर्वाचित भएका छन्। उनले २०० मत प्राप्त गरे भने अर्का उम्मेदवार बलीराम खत्रीले १२३ मत प्राप्त गरे।

सहसचिवमा प्रमिला रोका विजयी भएकी छिन्। उनले १४८ मत प्राप्त गर्दा प्रतिद्वन्द्वीद्वय क्रमशः दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका छन्। यसैगरी, सदस्यहरुमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा, पवित्रा विक निवार्चित भएका छन्।