Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


मलेसियामाथि नेपालको सानदार जित, विजेता बन्दै सेमिफाइनलमा


910
Shares

काठमाडौं । नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार समूह ‘ए’को अन्तिम खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा २७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो। उत्कृष्ट जितसँगै नेपाल समूहको शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेकाे छ ।