काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ स्थित कलमसीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
ढलान गरेर फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
मृतक दुवैजना पुरुष हुन् । अरु ४ जना सामान्य घाइते भएका छन् । कलमसिस्थित एक होटलको ढलान सकेर १२ जना मजदुर बोकेको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।










प्रतिक्रिया दिनुहोस्