Logo १९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026


नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता


143
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् ।

नदीमा पौडी खेल्ने क्रममा आज एक बालक बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए ।

‘नारायणी नदीमा दुई जना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका छन्, एक जनाको उद्धार गरी अस्पताल पठाइएको छ’, उनले भने, ‘बेपत्ता भएका बालकको खोजी जारी छ ।’

बेपत्ता भएका र उद्धार गरी अस्पताल पठाइएको दुवै बालकको परिचय खुल्न नसकेको उनले बताए । नदीमा पौडी खेल्न जाने क्रममा किनारमा खोलेर राखेको पोशाकका आधारमा दुवै बालक चितवनको नारायणघाटस्थित बालकुमारी कन्या माविमा अध्ययनरत विद्यार्थी भएको हुनसक्ने उनले बताए ।