Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


नेपाली बजारमा एकैदिन सुन तोलामा साढे २० हजार रूपैयाँले बढ्यो


0
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य ह्रवात्तै बढेको छ।

गत शुक्रबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य आइतबार भने प्रतितोला २० हजार पाँच सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। मूल्य बढेसँगै सुनको मूल्य ३ लाख ११ हजार १ सय रूपैयाँ पुगेको छ। सरकारले भन्सार दर दोब्बरले बढाएर २० प्रतिशत पुर्‍याएको छ। यस बाहेक ० दशमलव ५ प्रतिशत सिप अभिवृद्धि महशुल पनि लगाएको हाे । यहि कारण पनि सुनको मूल्य उच्च रूपमा बढेको हो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी आइतबार तोलामा पाँच हजार तीन सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य शुक्रबार को तुलनामा चाँदी प्रतितोला तीन सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।