
photo ai
काठमाडौं । पठाओ नेपालले सिम्रिक एयरलाइन्ससँग सहकार्य गर्दै मोबाइल एपमार्फत हेलिकोप्टर बुकिङ सेवा ‘पठाओ हेली’ सुरु गरेको छ ।
अब यात्रुले पठाओ एप वा वेबसाइटमार्फत मुक्तिनाथ, गोसाइकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायत गन्तव्यका लागि सहज रूपमा हेलिकोप्टर बुक गर्न सक्नेछन् ।
कम्पनीका अनुसार एउटा हेलिकोप्टरमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न सक्नेछन् । तीर्थयात्रा, पारिवारिक भ्रमण तथा पर्यटकीय यात्रालाई लक्षित गरी सेवा विस्तार गरिएको हो ।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले नेपालको डिजिटल इकोनोमी विस्तार गर्ने लक्ष्यसहित सेवा थप गरिएको बताए ।










प्रतिक्रिया दिनुहोस्