काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ।
बुधबार तोलामा एक हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँच हजार पाँच सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला पाँच हजार ८० रूपैयाँमा कारोबार भएको थियाे । तर बिहीबार भने चाँदी तोलामा चार हजार आठ सय ६५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला दुई सय १५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार तीन सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।










प्रतिक्रिया दिनुहोस्