Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


रौतहटमा हावाहुरीले घर भत्किंदा एक महिलाको निधन


39
Shares

काठमाडाैं । रौतहटमा सोमबार साँझ आएको हावा-हुरीले भत्केको घरले थिचिँदा एक महिलाको निधन भएको छ ।

रौतहटको वृन्दावन नगरपालिका-७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा साेमबार राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ। हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको प्रहरीले बताएकाे हाे ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले सोमबार विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेकाे जनाएकाे छ।