Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


तेलले भरिएका चिनियाँ पानीजहाज हर्मुज जलमार्गबाट बाहिरिए

याेसँगै अमेरिका र इरानबीचकाे युद्ध अन्त्य हुने आशा बढ्याे

0
Shares

एजेन्सी । तेलले भरिएका २ वटा चिनियाँ पानीजहाज स्ट्रेट अफ हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका–इरान युद्ध छिटै अन्त्य हुने आशा बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध ’धेरै चाँडै’ समाप्त हुने बताउनुभएको हाे । उपराष्ट्रपति जेडी भान्सले भने इरानसँगको वार्तामा प्रगति भइरहेको दावी गर्नुभएको छ । साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को अनुरोधमा राष्ट्रपति ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण रोक्नुभएको हाे ।

अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाएपछि यो निर्णय लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको हाे ।

विश्वको २० प्रतिशत भन्दा बढी तेल आपूर्ति हुने हर्मुज जलमार्ग युद्ध शुरू भएदेखि अवरुद्ध भएकाे छ ।