१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


प्रहरी नायब निरीक्षक पक्राउ


0
Shares

काठमाडौं, असोज ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्क्याएर रकम उठाएको अभियोगमा महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत् प्रहरी नायब निरीक्षक गोविन्द खरेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार व्यवसायीसँग घुस लिएको अभियोगमा बिहीबार प्रहरी नायब निरीक्षक खरेललाई पक्राउ गरिएको हो ।

आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा बिहीबार थप पक्राउ गरिएको हो ।

आरोपी खरेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

उपरजिष्टारद्वय रोकाय र पौडेल पक्राउ

यस्तै, आयोगले बिहीबारै कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत् उपरजिष्टारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई पक्राउ गरेको छ ।

आयोगकाअनुसार शंकर इलेक्ट्रिकल इन्डष्ट्रिजका सन्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराइ स्वामित्व हस्तान्तरण गरेको भन्ने उजुरीका आधारमा आयोगले बबरमहलबाट पक्राउ गरेको हो । रासस