Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्री शाहको बधाई


0
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले ३२औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामिरिता शेर्पा तथा ११औँ पटक सगरमाथा चढ्दै महिला आरोहीमध्ये नयाँ विश्व कीर्तिमान बनाउने लाक्पा शेर्पालाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले आरोहीहरूको ऐतिहासिक सफलताले नेपालको पर्वतीय पर्यटन, गौरव र अन्तर्राष्ट्रिय पहिचानलाई थप उज्यालो बनाएको बताएका छन्।

कामिरिता शेर्पाले आज बिहान १०ः१२ बजे ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका हुन् भने ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले बिहान ९ः३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान कायम गरेकी हुन्।