काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ महानगरपालिका वडा नं. २० को वडा अधिवेशन सम्पन्न भएको छ । काष्ठमण्डपमा आयोजित विशेष समारोहबीच अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले इन्जिनियर रोशन महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष महर्जनले वडाको समग्र विकास, स्थानीय समस्याको प्रभावकारी उठान तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले स्थानीय तहबाट सक्षम र प्रतिबद्ध नेतृत्व चयन हुनु पार्टीको मजबुत आधार भएको उल्लेख गर्दै युवा तथा प्राविधिक जनशक्तिको राजनीतिमा सहभागिता सकारात्मक भएको बताएका छन् ।

उक्त कार्यक्रममा बाेल्दै विशेष अतिथिका रूपमा उपस्थित सिर्जना श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरिन् ।

अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया दिनुहोस्