केशव कोइराला, बर्दिया ।
बर्दियाको राजापुरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजापुर-२ सोहरियाका जगविर थारु रहेका छन्।
राजापुर नगरपालिका–२ स्थित बदालपुर कुलो सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रुख काट्ने क्रममा अचानक रुखले च्यापिँदा ४५ वर्षीय थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा शव उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ।










प्रतिक्रिया दिनुहोस्