Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


पश्चिम नवलपरासीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतापपुर गाउँपालिका प्रथम


13
Shares

काठमाडाैं । १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतापपुर गाउँपालिका प्रथम हुन सफल भएको छ ।

पश्चिम नवलपरासीकाे सुनवलस्थित लुम्बिनी माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलबार सम्पन्न उक्त प्रतियोगितामा जिल्लाका विभिन्न पालिका तथा विद्यालयका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको हाे। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सुनवल नगरपालिकाको समन्वयमा साेही खेल सञ्चालित भएकाे हाे ।

तीन दिनसम्म चलेको प्रतिस्पर्धापछि पदक तालिका अनुसार प्रतापपुर गाउँपालिकाले समग्रमा प्रथम स्थान हासिल गरेको हो ।प्रतापपुरले १३ स्वर्ण, ८ रजत र १३ कास्यसहित कूल ३४ पदक जितेको छ । त्यस्तै, बर्दघाट नगरपालिकाले १६ स्वर्ण, ८ रजत र ७ कास्यसहित कूल ३१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हाे । सुनवल नगरपालिकाले ६ स्वर्ण, ८ रजत र ७ कास्यसहित कूल २१ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभावान खेलाडीहरूलाई छनोट गरिएको छ । छनोटमा परेका खेलाडीहरूले आगामी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पश्चिम नवलपरासी जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको समापन समारोहमा आगामी १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ को आयोजना गर्ने जिम्मेवारी प्रतापपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

सोही गाउँपालिकाकाले आगामी प्रतियोगितालाई अझ भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।